चैती छठ : जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

 बैशाख ५, २०७८ आइतबार ८:४८:५० | धनवीर महतो
unn.prixa.net

महाेत्तरी - तराईमा चैती छठ अर्थात् बासन्ती अन्तर्गत आज मुख्य पूजा गरिँदै छ ।

आज बेलुका व्रतालुहरु नजिकको जलाशयमा गएर अस्ताउँदो सूर्यलाई अर्घ दिए। चैती छठ मनाउने गरिन्छ ।

घरमा शुद्ध र चोखो भएर बनाइएको ठकुवा, भुसवा, नरिवल, केरालगायतका फलफूल एवं मिष्ठान्न परिकार सूर्यलाई अर्पण गर्ने चलन छ ।

बेलुका सूर्यलाई अर्घ दिन व्रतालुले नदी, पोखरी, तलाउलाई सिङ्गारेका छन् । त्यस्तै पर्वको अन्तिम दिन भोलि बिहान पुनः उदाउँदाे सूर्यलाई अर्घ दिएर छठ समापन गर्ने परम्परा रहेको छ । यस दिनलाई पारन भन्ने गरिन्छ ।

पछिल्ला वर्ष चैती छठ गर्नेहरु बढ्दै गएका छन् । तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायतका जिल्लामा चार दिनसम्म विभिन्न विधि गर्दै चैती छठ उत्सव मनाउने गरिन्छ ।

चैत शुक्ल चौथीका दिनदेखि ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका व्रतालुले दोस्रो दिन ‘खरना’, तेस्रो दिन सूर्य उपाशना र बेलुका अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिने गर्छन् । त्यसैगरी अन्तिम दिन बिहान व्रतालुले उदाउँदो सूर्यलाई दोस्रो अर्घ दिएपछि पर्व समापन गर्ने चलन छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया