महोत्तरीमा भाेलिदेखि ३१ गतेसम्म निषेधाज्ञा

 बैशाख २१, २०७८ मंगलबार १९:५६:४२ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – कोरोना भाइरसको सङ्क्रमण दर उच्च गतिमा बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधवार (भोलि) देखि निषेधाज्ञा लागू गर्ने भएको छ । 

आइतवार बसेकाे जिल्ला काेभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले वैशाख २२ गतेदेखि वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा लागू गर्ने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले सर्वसधारणलाई विना कारण घरबाहिर ननिस्कन, भिडभाडमा नजान, मास्क र स्यानिटाइजरको प्रयोग गर्न अनुरोध गर्नुभएकाे छ । 

यसैबीच जिल्ला प्रशासन कार्यालय धनुषाले आज बिहान ६ बजेदेखि निषेधाज्ञा जारी गरेको हो ।  

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया