भेन्टिलेटर जडान गरेकाे एक वर्ष बितिसक्दा पनि सञ्चालनमा आएन

 बैशाख ३१, २०७८ शुक्रबार १५:४९:११ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – गएकाे वर्ष नै जलेश्वर अस्पतालमा भेन्टिलेटर जडान गरिएकाे भएपनि अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । कोरोना सङ्क्रमित बिरामीका लागि गएकाे वर्ष प्रदेश सरकारले जलेश्वर अस्पतालमा जडान गरेको पाँच भेन्टिलेटर सञ्चालनमा नआएका हुन् । 

भेन्टिलेटर सञ्चालनमा नआउँदा बिरामीले अकालमै ज्यान गुमाउनु परेकाे छ । दुई करोड रुपैयाँभन्दा बढीको लागतमा प्रदेश सरकारले जडान गरेको भेन्टिलेटर दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन नसकेको जलेश्वर अस्पतालका कोभिड फोकल पर्सन प्रतिभा सिंहले जानकारी दिनुभयो ।   

दरबन्दीअनुसारको चिकित्सक व्यवस्थापन नहुँदा अहिले पनि याे अस्पताल हेल्थ असिस्टेन्टको भरमा सञ्चालन भइरहेकाे काेभिड फोकल पर्सन सिंहले बताउनुभयो । तीन जना एमबीबीएस स्तरका चिकित्सककाे दरबन्दी कायम रहेको अस्पतालमा अहिले एमबीबीएस स्तरका एक जना डाक्टर (शतिश साह) हुनुहुन्छ । निमित्त सुपरिन्टेन्डेन्ट समेत रहनुभएकाका डा. सिंहकाे धेरैजसाे समय भर्चुअल बैठक, तालिम, गोष्ठी र भेटघाटमा खर्च हुँदै आएकाे छ । 

अस्पताल व्यवस्थापन एवम् सुधारका लागि चालेको कदम असफल भएपछि गएकाे जेठ ५ गतेदेखि आमरण अनसनमा बस्ने तयारी भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेले बताउनुभयाे । आफू अध्यक्ष भएयता याे अस्पताल अनुगमनका क्रममा आएका सङ्घीय सरकारका मन्त्री, प्रदेश सरकारका मन्त्री, सांसद, विभिन्न दलका नेताले अस्पताल सुधार गर्न दिएको आश्वासन पूरा नभएकाे उहाँकाे भनाइ छ ।  

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया