महोत्तरीबाट हराएका बालक चार दिनपछि भारतमा भेटिए

 जेठ ७, २०७८ शुक्रबार १५:३:५३ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – महोत्तरीबाट हराएका एक बालक चारदिनपछि भारतमा भेटिएका छन् । खोजी गर्ने क्रममा भारतको रजवारा भन्ने ठाउँमा एक घरमा लुकाइराखेको अवस्थामा बालकलाई भेटिएकाे प्रहरीले जनाएको छ । 

भेटिएका बालकलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याइएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विष्णु प्रदीप बस्यालले जानकारी दिनुभयो । 

गएकाे मङ्गलवार सोनमा गाँउपालिका ४ का शत्रुघ्न महतोका ६ वर्षीय छाेरा युवराज महतो घर वरिपरिबाटै हराएका थिए ।   

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया