शौचालय जाने बहानामा पर्खाल नाघेर भागेका थुनुवा फेरि पक्राउ

 जेठ ९, २०७८ आइतबार १९:५८:३२ | धनवीर महतो
unn.prixa.net

प्रतिकात्मक

महोत्तरी – जिल्ला अदालत जलेश्वरबाट भागेका एक थुनुवालाई प्रहरीले फेरि पक्राउ गरेकाे छ । म्याद थपका लागि जिल्ला अदालतमा लगिएकोमा अदालत परिसरबाट भागेका लागुऔषधका आरोपी गौशाला नगरपालिका ४ का २५ वर्षीय कमलेश साहलाई प्रहरीले फेरि पक्राउ गरेकाे हो ।

इलाका प्रहरी कार्यालय गौशालाका अनुसार साहलाई महोत्तरीको प्रकौली भन्ने ठाउँबाट पक्राउ गरिएको हो । अनुसन्धानका लागि म्याद थपका लागि जिल्ला अदालतमा लगिएकोमा साहले शाैचालय जाने बहानामा शौचालयको पर्खाल नाघेर भागेकाे प्रहरी निरीक्षक (इन्स्पेक्टर) विष्णु प्रदीय बस्यालले बताउनुभयो ।

गएकाे शुक्रवार प्रहरीले जाँचका क्रममा साहलाई लागुऔषधसहित औरही नगरपालिका ४ कठुधारबाट पक्राउ गरेकाे थियो । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया