वाग्मती प्रदेश सभाको बैठक असार १७ गते

 असार १५, २०७८ मंगलबार २०:१२:५३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – वाग्मती प्रदेश सभाको बैठक आउँदाे असार १७ गते बस्ने भएको छ । बैठक असार १७ गते दिनको ३ बजे बस्ने भएको वाग्मती प्रदेश सभा सचिवालयले जनाएको छ । 

त्यस बैठकमा गएकाे असार १ गते प्रदेश सरकारले ल्याएकाे आउँदाे आर्थिक वर्ष २०७८/०७९ बजेटमाथि छलफल हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयाे । 

असार १७ गते बस्ने बैठकको तयारीका लागि भोलि असार १६ गते बिहान ११ बजे कार्य परामर्श समितिको बैठक बस्ने भएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभयाे । 

वाग्मती प्रदेश सभाको बैठक यसअघि असार १ गते विभिन्न समितिको प्रतिवेदन, वाग्मती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले राजस्व सङ्कलन, आय–व्ययको प्रस्ताव छलफलका लागि टेबुल गरेसँगै सभामुख श्रेष्ठले अनिश्चितकालका लागि स्थगित गर्नुभएकाे थियाे ।   

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया