भोलिदेखि वैदेशिक रोजगारीमा जानेलाई पासपोर्ट र भिसाको आधारमा खोप लगाइने

 असार २८, २०७८ सोमबार १८:४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले भोलि असार २९ गतेदेखि वैदेशिक रोजगारीमा जाने नेपालीलाई पनि खोप लगाउने भएको छ ।

खोप अनिवार्य गरेका देशमा जाने नेपालीहरूलाई भोलिदेखि चीनबाट ल्याइएको भेरोसेल खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार वैदेशिक रोजगारीमा जाने नेपालीलाई पासपोर्ट र भिसाको आधारमा खोप लाइनेछ । सरकारले चीनबाट ल्याएको भेरोसेल खोप र अमेरिकाबाट ल्याएको जोनसोन एण्ड जोनसोन खोपको पहिलो मात्राको रूपमा भोलिदेखि लगाउन लागिएको हो ।

पछिल्लो समय खाडीका केही देशले कोरोना विरुद्धको खोप लगाएका कामदारलाई मात्र लिने नीति लिँदा बिदामा आएका र नयाँ जान खोज्ने धेरै श्रमिक रोकिएका छन् । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Hom Bahadur tamang

    July 13, 2021, 12:34 p.m.

    युएइको जानको लागि रेडी अवस्थामा छु , कोभिदको खोप नलगाई जान नपाउने रे ...यो लगाउन कहाँ सम्पर्क गर्ने होला .कृपया जानकारी दिनुहोला /

  •  0 Reply
  • Yadav Bahadur Dangal

    July 13, 2021, 5:14 a.m.

    कोरोनाको खोपवारे जानकारी पाउँ / म पनि दुवइवाट छुट्टीमा आएको , पासपोर्टमा भिसा हेरेर खोप दिन्छ रे , त्यसैले सोधेको ....

  •  0 Reply

तपाईको प्रतिक्रिया