मकवानपुरगढीमा भौतिक उपस्थितिमै पढाउन सुरु, हेटौंडाका विद्यालयमा भने विद्यार्थी बोलाए कार्बाही

 साउन १३, २०७८ बुधबार ११:१२:२३ | हरि हुमागाईं
unn.prixa.net

प्रतिकात्मक तस्बिर

मकवानपुर – मकवानपुरगढी गाउँपालिका क्षेत्रका विद्यालयमा आजबाट भौतिक उपस्थितिमै पढाइ सुरु गरिएको छ । गाउँपालिकाका सबै वडाका विद्यालयहरु विद्यार्थी भर्ना गर्न र पुस्तक वितरणका लागि खुले पनि पढाउन भने सुरु गरिएको थिएन । तर, आजदेखि विद्यालयहरुमा विद्यार्थीको भौतिक उपस्थितिमै पढाउन सुरु गरिएको हो ।

मकवानपुरगढी गाउँपालिकाले हिजो सबै विद्यालयका प्रधानाध्यापकहरुलाई विद्यालयबाटै पढाउन निर्देशन दिएको थियो । योसँगै कोरोना भाइरसको संक्रमणका कारण बैशाख महिनादेखि बन्द भएका विद्यालयहरुमा आजदेखि पढाइ सुरु गरिएको हो । 

तर मकवानपुरकै हेटौंडा उपमहानगरपालिकामा भने भौतिक उपस्थितिमा पढाउन दिइएको छैन । हेटौंडा उपमहानगरपालिकाले यस क्षेत्रका विद्यालयले कुनै पनि बहानामा विद्यार्थीलाई विद्यालयमा उपस्थित गराए कार्बाही गर्ने चेतावनी दिएको छ । हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयले सोमबार एक सूचना जारी गर्दै भौतिक उपस्थितिमा पठनपाठन नगराउन भनेको हो ।

कोरोनाको जोखिम कायमै रहेकोले, नगरभित्रका केहीे विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गरेको जानकारी प्राप्त भएकोले त्यसो गर्न, नगराउन सूचना जारी गरिएको हेटौंडा उपमहानगरपालिकाका निमित्त प्रशासकीय अधिकृत गंगाधर रिमालले बताउनुभयो । पालिकाको निर्देशनलाई अटेर गरेर विद्यालय सञ्चालन गरेमा संक्रामक रोग ऐन, २०२० अनुसार कार्बाही गरिने सूचनामा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया