प्रदेश २ मा दुई मन्त्रीकाे जिम्मेवारी हेरफेर

 भदौ १३, २०७८ आइतबार १६:३५:३२ | धनवीर महतो
unn.prixa.net

मन्त्री यादव र साह

महोत्तरी – प्रदेश २ का दुई मन्त्रीकाे जिम्मेवारी हेरफेर गरिएको छ । आइतवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दिएको जानकारीअनुसार प्रदेशका मन्त्री विजय यादव र शैलेन्द्र साहको जिम्मेवारी हेरफेर गरिएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी शैलेन्द्र साहलाई दिइएको छ भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी विजय यादवलाई दिइएको छ । यसअघि यादवले आर्थिक मामिला मन्त्रीका रूपमा र साहले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीका रूपमा कार्यसम्पादन गर्दै आएका थिए ।  

मुख्यमन्त्री राउत र मन्त्री यादवबीच प्रदेश सरकार गठनदेखि नै तिक्तता रहँदै आएको थियो । मुख्यमन्त्री बन्ने दाउमा रहेका यादवलाई पन्छाएर जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राउतलाई मुख्यमन्त्री रोजेपछि यी दुवैबीच झन् टकराव बढेको थियो । आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हालेका मन्त्री यादवले मुख्यमन्त्री राउतलाई बजेट विनियोजन, नीति तथा कार्यक्रम र अन्य आर्थिक गतिविधिमा अवरोध गर्दै आइरहेका थिए ।

प्रदेश सरकारका एक मन्त्रीका अनुसार पार्टी अध्यक्ष यादव र मुख्यमन्त्री राउतकै सल्लाहमा दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको हो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया