सांसदसहित नेकपा एमाले जुम्लाका ५८ पदाधिकारीले रोजे नेकपा एकीकृत समाजवादी

 भदौ १९, २०७८ शनिबार १२:१५:४९ | नेत्र शाही
unn.prixa.net

जुम्ला – सा‌ंसदसहित नेकपा एमाले जुम्लाका ५८ जना पदाधिकारीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । आज भएको पत्रकार भेटघाटमा पदाधिकारीले समाजवादी पार्टी रोजेकाे घोषणा गरेका हुन ।

प्रदेश सभा सांसद पदमबहादुर रोकाया, अध्यक्ष तिर्थ बुढा, उपाध्यक्ष नन्दबहादुर रोकाया, सचिव आदीप्रसाद न्यौपाने, उपसचिव राजबहादुर खत्रीसहितका ६१ जना जिल्ला कमिटी मध्ये तीन जनाबाहेक अन्य सबैले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । 

पत्रकार भेटघाटमा जारी गरिएको विज्ञप्तिमा प्रदेश सभा सांसद रोकायासहित नगरपालिकामा जितेका सबै वडाध्यक्षहरुको निर्वाचन आयोगमा सनाखत भइसकेको र अन्य जनप्रतिनिधिहरुले भाद्र २२ गतेसम्म सनाखत गर्न आह्वान गरिएको छ।  

सांसद रोकायाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दम्भ र माधव नेपाललाई गरिएको तिस्कारले आफूहरु नेकपा एकीकृत समाजवादी यात्रामा लाग्न बाध्य भएको बताउनुभयो । पार्टीले जुम्लामा २३ गते भेला गर्ने प्रेस विज्ञप्तिमा उल्लेख छ।  

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया