हेटौंडा उप-महानगरबासीले अब माेबाइल एपबाटै राजश्व तिर्न सक्ने

 भदौ १९, २०७८ शनिबार १८:५३:३६ | हरि हुमागाईं
unn.prixa.net

फाइल तस्बिर

मकवानपुर – हेटौंडा उपमहानगरपालिकाले आफ्ना नागरिकलाई कुनै पनि क्षेत्रको राजश्व रकम तिर्नका लागि थप सहज बनाएको छ । आम नागरिकले वडा कार्यालय वा उप-महानगरपालिका कार्यालयमा गएर रकम तिर्नु भन्दा पनि घरमै बसेर तिर्न सक्ने गरी व्यवस्था गरिएको छ ।

उप-महानगरपालिका कार्यालय र वडा कार्यालयहरुबीच ६५ किलोमिटर अप्टिकल फाइबर सहित वडा नेटवर्किङ्ग कार्यक्रम सम्पन्न भएसँगै  अब केही समयमा यसको कार्यान्वयन हुने पालिकाले जनाएकाे छ । उप-महानगरपालिकाको राजश्व संकलनलाई समय सापेक्ष प्रविधिमैत्री बनाउन मोबाइल एप प्रयोग गरी घरबाट नै कर तिर्ने व्यवस्थाको लागि आवश्यक सफ्टवेयर जडान गरिएको र सेवा सञ्चालनको अवस्थामा पुगेको पालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । यसको सबै काम सकिए पनि जनसक्ति अभावका कारण सुरु गर्न ढिलाइ भएकाे उहाँकाे भनाइ छ ।

'यसको कार्यान्वयन हुने बित्तिकै आम नागरिकलाई कर तिर्नका लागि लाइनमा बस्नुपर्ने, पालो पर्खनुपर्ने लगायतका बाध्यताहरु रहँदैनन्' उहाँले भन्नुभयाे, 'यसले गर्दा सुशासन र सेवा प्रवाहमा सहजता ल्याउन सकिनेछ ।'

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया