वाग्मती प्रदेश साक्षर घोषित

 असोज ११, २०७८ सोमबार १८:३७:४४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – वाग्मती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले आज सोमवार यस प्रदेशलाई साक्षर प्रदेश घोषण गरेको हो । 

प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले वाग्मती साक्षर प्रदेश भएको घोषणा गर्नुभयो । कार्यक्रममा मुख्यमन्त्री शाक्यले साक्षर अभियानलाई सिर्जनात्मक रूपले अगाडि बढाउने बताउनुभयो । 

पहिले महिलाहरूले बेलुकाको समयमा मात्र प्रौढ कक्षा पढ्नुपर्ने बाध्यता भए पनि अहिले त्यो समस्या हटेकाले अब सबै नागरिक साक्षर बन्नुपर्ने मुख्यमन्त्री शाक्यले बताउनुभयो । साक्षर घोषणाको काम सकिए पनि यसको कार्यान्वयन गर्न लाग्नुपर्ने उहाँको भनाइ छ । 

प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका मन्त्रीहरू, सचिवहरू, मन्त्रालय र निर्देशनालयका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।  

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया