कांग्रेसले भन्याे– ‘संसद् बन्द गरेर अध्यादेश ल्याउने सरकारको कद...
बैशाख १५, २०८१ शनिबार
बाँके – नेपालगञ्जको जमुनाह नाकामा शनिबार बिहानैदेखि तालिमप्राप्त कुकुरसहितको सुरक्षा जाँच सुरु भएको छ ।
दशैं तिहार लक्षित विशेष सुरक्षा योजना अन्तर्गत शनिबार नेपाल–भारतसँग जाेडिएकाे जमुनाह नाकामा तालिमप्राप्त कुकुरहरुको सहयोगमा नेपाल भित्रिने यात्रुहरुलाई जाँच गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।
भारतबाट नेपाल प्रवेश गर्ने तथा नेपालबाट बाहिरिने यात्रु र सवारी साधनको जाँच गरिएको हो । कर्णाली प्रदेश प्रहरी केनाइन शाखाको डगहेन्डलरसहित सुरक्षाकर्मीहरु सीमानाकामा खटिएका छन् ।