चुनाव भएको चार वर्षपछि महोत्तरीमा वडाध्यक्षकाे नतिजा उल्टियाे

 कात्तिक ७, २०७८ आइतबार १९:८:३९ | धनवीर महतो
unn.prixa.net

महाेत्तरी – महोत्तरीको मनरा शिस्वा नगरपालिका १० को वडाध्यक्षमा रमेशकुमार राय अन्ततः विजयी हुनुभएकाे छ ।

उच्च अदालतको आदेशलाई सर्वोच्चले सदर गरेपछि आज आइतवार भएको मतगणनामा तत्कालीन समयमा स्वतन्त्रबाट उम्मेदवारी दिनुभएका रायले २६८ मत ल्याइ विजयी हुनुभएको हो । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका अरुणकुमार चौधरीको पक्षमा २६६ मत आएको छ । 

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त इजलासले दिएको आदेशलाई सर्वोच्चले चार वर्षपछि सदर गरेपछि आज फेरि मतगणना भएको हो । अदालतले २०७५ असार २१ गते विवादित मतगणनाको विषयमा दोहोर्‍याएर मतगणना गर्न आजको समय निर्धारण गरेको थियो ।

२०७४ असोज २ गते भएको पालिका चुनावमा मनरा शिसवा नगरपालिका को मतगणना भएको थियो । जसको मत परिणामअनुसार स्वतन्त्रबाट उम्मेदवारी दिनुभएका रमेशकुमार राय र नेपाली कांग्रेसका अरुणकुमार चौधरीले समान २६७ मत ल्याएका थिए । दुवैको मत बाझिएपछि गोलाप्रथाबाट अरुण चौधरीलाई निर्वाचित गरिएको थियो ।

निर्वाचन अधिकृत आमबहादुर बानियाँले बदर मतमध्येबाट तीन मत चौधरीको पक्षमा पारेको भन्दै रमेश रायले अदालतमा मुद्दा दिनुभयाे । त्यही मुद्दामा उच्च अदालतले २०७५ असार २१ गते १५ दिनभित्र फेरि मतगणना गर्न आदेश दिएको थियो । उच्च अदालतको आदेशपछि चौधरी सर्वोच्चसम्म पुग्नुभएकाे थियाे ।

सर्वोच्चले मुद्दाको सुनुवाइ गर्दै २०७७ चैत ६ गते उच्च अदालत जनकपुरको आदेशलाई सदर गर्‍याे । त्यसपछि फेरि मतगणनाको मिति निर्धारण गर्नुपर्नेमा कोरोना महामारीका कारण लकडाउन भएपछि मिति तोक्न सकिएको थिएन । अन्ततः दोहोर्‍याएर मतगणना गर्न आजको समय निर्धारण गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया