खाडीका देश र मलेसियामा कोरोना सङ्क्रमणको पछिल्लो अवस्था

 कात्तिक २५, २०७८ बिहिबार १५:६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देश खाडी र मलेसियामा पछिल्लो समय कोरोना सङ्क्रमण दर घट्दै गएको छ ।

खाडीका देशको तुलनामा मलेसियामा पनि अहिले दैनिक सङ्क्रमण दर बढी छ । मलेसियामा आज बिहीबारसम्म २५ लाख २२ हजार ४९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये २४ लाख ३० हजार १२२ जना निको भएका छन् भने २९ हजार ४८६ जनाको ज्यान गएको छ । मलेसियामा अहिले ६२ हजार ८९० जना सक्रिय सङ्क्रमित रहेका छन् । 

खाडीको श्रम गन्तव्य देश यूएईमा पछिल्लो समय नयाँ कोरोना सङ्क्रमित घट्दै गएका छन् । यूएईमा अहिलेसम्म ७ लाख ४० हजार ६४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  जसमध्ये ७ लाख ३५ हजार १७३ जना निको भएका छन् भने २१ सय ४२ जनाले ज्यान गुमाएका छन् । यूएईमा अहिले ३३ सय ३२ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

साउदी अरेबियामा पनि पछिल्लो समय नयाँ सङ्क्रमित थपिने दर घटेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या पनि कम रहेको छ । साउदीमा अहिले जम्मा २२ सय ४ जना मात्र सक्रिय सङ्क्रमित रहेका छन् । साउदीमा अहिलेसम्म ५ लाख ४९ हजार ६० जनामा कोरोना सङ्क्रमण भएको छ । सङ्क्रमित मध्ये ५ लाख ३८ हजार ४९ जनाले कोरोना जितिसकेका छन् । साउदीमा ८ हजार ८०७ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । 

कुवेतले पनि कोरोना सङ्क्रमण दर घट्दै गएपछि सङ्क्रमण रोकथामका लागि लगाएको प्रतिबन्ध हटाउँदै लगेको छ भने सबै प्रकारका भिसा जारी गर्ने तयारी पनि गरिरहेको जनाएको छ । कुवेतमा अहिलेसम्म ४ लाख १२ हजार ९१६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तर उनीहरू मध्ये ४ लाख १० हजार १५७ जनाले कोरोना जितेका छन् भने २४ सय ६२ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । कुवेतमा अहिले जम्मा २ सय ९७ जना मात्रै सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै , अर्को श्रम गन्तव्य बहराइनमा अहिलेसम्म २ लाख ७७ हजार १३८ जनामा कोरोना पुष्टि भएको छ । सङ्क्रमित मध्ये २ लाख  ७५ हजार ४४० जना निको भएका छन् भने १३ सय ९३ जनाले ज्यान गुमाएका छन् ।  अहिले ३०६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

नेपाली अर्को रोजाइको गन्तव्य कतारले पछिल्लो समय आफ्नो प्रावधानहरू खुकुलो बनाउँदै लगेको छ । अहिले कतारमा १५ सय ५४ सक्रिय सङ्क्रमित छन् । कतारमा अहिलेसम्म २ लाख ४० हजार ५५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

सङ्क्रमित मध्ये २ लाख ३८ हजार ३९२ जनाले कोरोना जितेका छन् भने ६ सय ११ जनाले ज्यान गुमाएका छन् । मलेसिया र खाडीका अन्य देशको तुलनामा कतारमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या निकै कम हो ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया