खस राज्यको राजधानी लामाथाडामा सिञ्जा संरक्षण विधेयकको सुझाव संकलन गरिँदै

 कात्तिक २७, २०७८ शनिबार १७:२२:४३ | नेत्र शाही
unn.prixa.net

तत्कालीन खस राज्यको राजधानी सिञ्जा

जुम्ला – तत्कालीन खस राज्यको राजधानी सिञ्जाको लामाथाडामा सिञ्जा सभ्यताको विषयमा बहस हुने भएको छ । 

कर्णाली प्रदेश सभामा दर्ता भएको सिञ्जा संरक्षण तथा विकास विधेयकको यही २०७८ कात्तिक २८ गते सुझाव संकलन विषयक एक कार्यक्रम आयोजना गरिएको छ । कर्णाली प्रदेश संसद सचिवालयले सिञ्जा सभ्यता विधेयकको विषयमा बुद्धिजीवी, अगुवा र स्थानीयको सुझाव संकलन तथा जानकारी विषयमा कार्यक्रम आयोजना गरिएको कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो ।

गएको असोज १० गते कर्णाली प्रदेशसभामा सांसद नरेश भण्डारीले दर्ता गराउनु भएको गैरसरकारी विधेयकको सुझाव संकलनका लागि टोली सुर्खेतबाट जुम्ला हिँडेको छ । टोलीले लामाथाडामा विधेयकलाई वृहत्तर बनाउन सुझाव संकलन गर्ने छ । 

कर्णाली प्रदेश सभामा दर्ता भएको सिञ्जा संरक्षण तथा विकास विधेयकमा अहिले मुख्यमन्त्री अध्यक्ष रहेको एक उच्च स्तरीय सभाको गठन तथा राजनीतिक नियुक्तिमा उपाध्यक्ष पद समेत सिर्जना गरिएको छ । यसका साथै सिञ्जा क्षेत्रको संरक्षण र विकासमा विशेष टेवा पुर्याउने उद्देश्यले यो विधेयक अगाडि बढाइएको छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया