जुम्लामा जीप दुर्घटना : एक जनाको ज्यान गयो, सात घाइते

 मंसिर ४, २०७८ शनिबार १८:२३:२० | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लाको पातारासीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् । 

पातारासी गाउँपालिका लासीबाट उर्थुतिर आउँदै गरेको ग १ झ ५८८४ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि पातारासी–७ रिनीकी ४६ वर्षीया दन्दकली बोहोराको ज्यान गएको हो । दुर्घटनामा घाइते भइ उपचारको लागि ल्याइएकी बोहोराको बाटोमै ज्यान गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका उपकुलपति डाक्टर मंगल रवालले जानकारी दिनुभयो । घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । गम्भीर घाइते भएकाहरुको परिचय खुलेको छैन । प्रहरीका अनुसार अन्य घाइते हुनेमा पातारासी ३ का १९ वर्षीया रुपा बोहोरा, पातारासी ३ महरी गाउँका ४९ वर्षका गोर्ख बुढा, पातारासी ३ माथि लोर्पाका ५२ वर्षीय सिंहरुप बोहरा, पातारासी ६ जम्नको ६ वर्षीय पुस्कर बिष्ट र पातारासी ७ रिनी बस्ने १० वर्षीय कमल बोहरा रहेका छन् ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया