ट्रकले ठक्कर दिँदा महिलाकाे ज्यान गएपछि कैलालीकाे लम्की बजारमा तनाव

 मंसिर ९, २०७८ बिहिबार १५:५२:२८ | सीताराम ओझा
unn.prixa.net

कैलाली – ट्रकको ठक्करबाट एक महिलाको ज्यान गएपछि कैलालीको लम्कीमा तनाव सृजना भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्कीचुहा नगरपालिका १ लम्की चौराहमा ना २ ख ९३७० नम्बरको ट्रकले ठक्कर दिँदा एक महिलाकाे ज्यान गएपछि तनाव सृजना भएको हो ।

प्रदर्शनकारीले ठक्कर दिने ट्रकमा आगाे लगाएका छन् । अहिले स्थानीयवासीले राजमार्गमा प्रदर्शन गर्न थालेपछि भिड नियन्त्रण गर्न प्रहरीले केही थान अश्रुग्यास प्रहार गरेको छ ।

अहिले राजमार्ग र लम्की बजार बन्द गरिएको छ । मृतकको सनाखत नभएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया