बझाङकाे दुर्गाथली र थलारा गाउँपालिका जाेड्ने पुल जाेखिममा

 पुस ७, २०७८ बुधबार २०:११:३२ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – सेती नदीमा निर्माण भएको झनानाकाे मोटरेबल पुल गएकाे साउनकाे पहिलाे हप्ता तामझामका साथ उद्घाटन भएको थियाे । जयपृथ्वी राजमार्ग पर्ने दुर्गाथली गाउँपालिका र खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने थलारा गाउँपालिका जोड्ने यो पुल सञ्चालनमा आएसँगै सेतीपारि रहेको बझाङ जिल्लाको आधा भूभागका बासिन्दालाई आवागमनमा सहज हुने र खप्तड घुम्ने पर्यटकको यात्रा पनि निकै छोटो हुने अपेक्षासहित स्थानीयवासी खुसी भएका थिए । 

पाँच वर्ष लगाएर नाै करोड रुपैयाँ खर्चमा निर्माण भएकाे यो पुलले दिएको खुसी चार महिना पनि टिक्न सकेन । कात्तिक पहिलो हप्ताकाे बैमौसमी वर्षासँगै सेतीमा आएको बाढीले पुलमा क्षति पुर्‍याएपछि अहिले आवागमन बन्द छ । बाढीले झनानातर्फको पिलर र सडकको बीचको भाग बगाएपछि गाडी चल्न सकेको छैन । 

पुलमर्मत गरेर पुनः सञ्चालन गरिदिन थलारा गाउँपालिकाका जनप्रतिनिधिहरू जिल्लादेखि प्रदेश र केन्द्रसम्म धाउन थालेको महिनौँ भएको छ । यद्यपि बन्द भएको तीन महिनासम्म पनि पुल मर्मत नभएकाे थलारा गााउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर ओलीले बताउनुभयाे ।

निर्माण गर्ने बेला नै ठेकेदार कम्पनीले सहायता संरचना राम्रो नबनाएका कारण पुलको यो हबिगत भएको थलाराका अध्यक्ष भुवनेश्वर उपाध्यायको भनाइ छ । उहाँले भन्नुभयाे, ‘पिलरको अगाडि सामान्य ग्याबिन हालेर माटो भरेका कारण यस्तो अवस्था भएको हो । हामीले पुल निर्माणको समयमा नै यसरी नबनाउनुस् भनेर अनुरोध गरेका थियौँ । हाम्राे कुरा नमान्दा अहिले यो हालत भयो ।’ 

पुल मर्मत गर्न प्रशासन कार्यालयमा नै पुगेर प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराएकाे उपाध्यायले बताउनुभयाे । प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले पुल निर्माण ठेकेदारसँग बुझेर पुल मर्मतका लागि पत्राचार गरिसकेको जानकारी दिएको बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया