उदयपुर : जीप दुर्घटनामा घाइते भएका एक जनाको ज्यान गयाे

 माघ ४, २०७८ मंगलबार १०:८:२९ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर - उदयपुरको सिद्धिचरण राजमार्गको कटारी मरुवा खण्डमा जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । पाँच जना घाइते भएका छन् ।

साेमवार दिउँसाे भएकाे दुर्घटनामा गम्भीर घाइते भएका कटारी नगरपालिका-८ पाखाटोलका ३८ वर्षीय विक्रम रानामगरको उपचारका क्रममा ज्यान गएकाे हाे । 

कटारी बजारबाट कटारी नगरपालिकाकै वडा नम्बर ८ मा पर्ने सिरिसे घुम्तीतर्फ जाँदै गरेको बा १० च ४१८८ नम्बरको जीप आफैँ अनियन्त्रित भइ दुर्घटनामा परेकाे थियाे । 

दुर्घटनामा कटारी नगरपालिका-८ पट्नाभञ्ज्याङकी ३० वर्षीया दिलमाया मगर, १७ वर्षीय मनोज खड्का, घुम्तीकै दीपक श्रेष्ठको सात वर्षीय छोरा दिवश श्रेष्ठ, ४८ वर्षीया बुद्धमाया श्रेष्ठ, ३६ वर्षीया बेदकुमारी थापामगर घाइते भएका छन्। घाइते सबैको कटारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। 

जीप चालक कटारी नगरपालिका-८ बस्ने २६ वर्षीय प्रेम बहादुर श्रेष्ठकाे खोजी भइरहेको प्रहरीले जनाएकाे छ । 
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया