काठमाण्डौ, ललितपुर र भक्तपुरमा काेराेना सङ्क्रमितको सङ्ख्या दोब्बरले बढ्याे

 माघ ५, २०७८ बुधबार ११:३९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यका, सीमावर्ती जिल्ला र मुख्य सहरमा कोरोना सङ्क्रमण धेरै बढेको छ ।

काठमाण्डाै, ललितपुर र भक्तपुरमा सङ्क्रमितको सङ्ख्या दोब्बरले बढेको छ ।

देशभर दैनिक पुष्टि हुने सङ्क्रमितमध्ये काठमाण्डौ उपत्यकामा झण्डै ५० प्रतिशत हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हिजो काठमाण्डौमा मात्रै ४ हजार ४ जनामा सङ्क्रमण पुष्टि भएको छ । ललितपुरमा ९ सय ४७ र भक्तपुरमा ५ सय ७० जना सङ्क्रमित थपिएका छन् ।

काठमाण्डौ उपत्यका बाहिरका मोरङ, सुनसरी, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, रुपन्देही र कैलालीमा सङ्क्रमण धेरै छ । यी जिल्लामा ५ सयभन्दा माथि सक्रिय सङ्क्रमित छन् ।

धनुषा, पर्सा, नवलपरासी पूर्व, बाँके, दाङ र कञ्चनपुरमा पनि कोरोना सङ्क्रमित दैनिक बढिरहेका छन् । 

तथ्याङ्क स्राेत : स्वास्थ्य मन्त्रालय 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया