झापाको गौरीगञ्जमा व्यापारीको अपहरणपछि हत्या

 भदौ २६, २०७५ मंगलबार १२:४६:५५ | सुश्मा राजवंशी
unn.prixa.net

झापा – कमल गाउँपालिका–६ मंगलबारेका कपडा व्यवसायी ३८ वर्षीय खेमराज पौडेलको अपहरणपछि हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अनुसार हत्या गरेर फालिएको पौडेलको शव गौरीगञ्ज गाउँपालिका–६ बाह्रदसीका विनोद यादवको खेत नजिकै रहेको नालामा आज बिहान भेटिएको हो । मृतक पौडेलको घाँटी र टाउकोमा छुरा प्रहार गरिएको छ । घटनास्थलमा उनको मे ७ प १९०४ नम्बरको मोटरसाइकल, मोबाइल फोन र झोला फेला परेको छ ।

प्रहरीले हत्यामा संलग्न भएको आशंकामा गौरीगञ्जका सद्धाम हुसेनलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सोमबार बेलुका मे ७ प १९०४ नम्बरको मोटरसाइकलमा पौडेल र उनकी श्रीमती पसलको उधारो रकम उठाउन गौरीगञ्ज बजार पुगेका थिए ।

करिब ६ बजे श्रीमतीलाई खाजा पसलमा छाडेर मोटरसाइकलमा सद्धाम हुसेनलाई सँगै लिएर उधारो रकम उठाउन गएका थिए । सद्धामसँग ९० हजार रुपैयाँ उठाउनु रहेकाले गौरीजञ्ज गएको पौडेलकी श्रीमतीले प्रहरीलाई बताएको प्रहरी उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

सद्धामसँग गएका पौडेल राति अबेरसम्म नफर्किएपछि उनी अपहरण परेको भनी श्रीमतीले इलाका प्रहरी कार्यालय गौरीगञ्जमा जानकारी गराएका थिए । अपहरणमा परेको सूचना पाएलगतै प्रहरीले उनको रातभर खोजतलास गरेका थिए । उनको शव हत्या गरिएको अवस्थामा मंगलबार बिहान मात्र फेला परेको प्रहरीले जनाएको छ  ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुश्मा राजवंशी

झापामा बसेर पत्रकारिता गर्ने सुश्मा राजवंशी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया