काेराेना सङ्क्रमणबाट थप १५ जनाकाे ज्यान गयाे, ८ हजार १७ सङ्क्रमित थपिए

 माघ १३, २०७८ बिहिबार १६:२५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा काेराेना सङ्क्रमणबाट १५ जनाकाे ज्यान गएकाे छ । याेसहित काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या ११ हजार ६ सय ८७ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै थप आठ हजार १७ जनामा सङ्क्रमण पुष्टि भएकाे छ । पीसीआर र एन्टिजेन गरी २१ हजार आठ सय आठ जनाकाे नमुना परीक्षण गर्दा आठ हजार १७ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे । 

२४ घण्टामा पाँच हजार दुई सय ९२ जना निकाे भएसँगै सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या आठ लाख ३७ हजार चार पुगेकाे मन्त्रालयले जनाएकाे छ । नेपालमा आजसम्म सक्रिय सङ्क्रमितकाे सङ्ख्या ९० हजार पाँच सय ७६ रहेकाे छ । 

यसैबीच २४ घण्टामा पाँच लाख ५४ हजार पाँच सय ६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा खाेपकाे तीन करोड चार लाख ७५ हजार पाँच सय ८९ मात्रा लगाइएकाे छ । जसमध्ये एक करोड ६४ लाख ५८ हजार चार सय ७५ जनाले कम्तीमा एक मात्रा र एक करोड ३७ लाख ३४ हजार तीन सय ९० जनाले पूर्ण मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया