गोठालो भत्ताको लागि २ सय ६५ जना भेडा पालक किसानले दिए आवेदन

 माघ १५, २०७८ शनिबार १३:५७:२८ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लाको पशु अस्पताल तथा पशुसेवा कार्यालयले आह्वान गरेको भत्ता प्रस्तावनामा जुम्लाका भेडापालक कृषकले आवेदन दिएका छन् । कर्णाली प्रदेश सरकारले भेडा पालक किसानलाई प्रोत्साहन गर्न गोठालो भत्ता दिने कार्यक्रम अन्तर्गत गोठालो भत्ताको लाागि आवेदन लिइएको हाे ।  

पशु अस्पताल तथा पशुसेवा कार्यालयका अनुसार भत्ता दाबी गर्न दुई सय ६५ किसानले आवेदन दिएका छन् । कार्यालय प्रमुख गोविन्द महतले किसानले दिएका आवेदनमाथि छनौट प्रक्रिया शुरु गरिने बताउनुभयो । आवेदन परेका कृषकको अनुगमन गरेर भेडा कति छन् तथा कृषक हो की होइन भन्ने विषयमा जानकारी लिन कर्मचारी फिल्ड स्तरमा गएका पनि उहाँले बताउनुभयो । 

‘फिल्डको प्रतिवेदन अनुसार स्थलगत रिपोर्ट र मूल्याङ्कनपछि  मात्र स्वीकृत दिने लक्ष्य रहेको छ’, उहाँले भन्नुभयो, ‘आगामी महिनादेखि कार्यक्रम सुरु हुने छ । ५० देखि माथि  भेडा पाल्ने किसानलाई मासिक एक हजार पाँच सयका दरले वार्षिक १८ हजार भत्ता दिने व्यवस्था गरिएको छ ।’

उहाँका अनुसार जुम्लाका १ सय ५० जना भेडा किसानलाईलाई गोठालो भत्ता दिने नियम रहेको छ । रकम सम्बन्धित किसानको बैंक खातामा नै जम्मा गरिन्छ । 

कर्णाली प्रदेश सरकारले किसानलाई भेडा पालनतर्फ आकर्षित गर्न गोठालो भत्ता दिन थालेको हो । कर्णाली सरकारले गोठालो भत्ता तथा यस अन्तर्गतका अन्य कार्यक्रमका लागि साबिक कर्णालीका पाँच जिल्लामा ७२ लाख रुपैयाँ विनियोजन गरेको छ ।

जुम्लामा पछिल्लो समय भेडापालन व्यवसाय फस्टाउन थालेको छ । व्यावसायिक रुपमा सयौं किसानहरु फम तथा समूह दर्ता गरेर अगाडि बढेका छन् । पशु अस्पताल तथा पशुसेवा कार्यालयका अनुसार २ सय ८४ किसानले आफ्नो फार्म सूचीकृत गरिसकेका छन् ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया