थप ५ हजार ५ सय ८३ जनामा काेराेना पुष्टि, ८ हजारभन्दा धेरै जना निकाे भए

 माघ १८, २०७८ मंगलबार १७:२३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै भएको छ । लगातार पछिल्लो चार दिनदेखि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा पाँच हजार पाँच सय ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १७ हजार ६ सय ७४ जनाको नमुना परीक्षण गर्दा पाँच हजार पाँच सय ८३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसमा व्यक्तिगत रूपमा परीक्षण गरेर इमेल र एसएमएसबाट पठाएको विवरण पनि समावेश रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा आठ हजार दुई सय ६७ जना निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप नौ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले नेपालमा ७४ हजार ६ सय ५३ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा तीन लाख ९९ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया