जुम्लामा स्याउ सुपरजोन सञ्चालन समन्वय समिति पुनर्गठन, संयोजकमा युवा किसान

 माघ १९, २०७८ बुधबार २०:३३:९ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लामा स्याउ सुपरजोन जिल्ला समन्वय समितिको पुनर्गठन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालय जुम्ला अन्तर्गत सूुपरजोन सञ्चालन भइरहेका चार वटा पालिका चन्दननाथ, तातोपानी, गुठीचौर र पातारासीका किसानहरू उपस्थित कार्यक्रमबाट युवा किसान सरोज शाहीलाई संयोजकमा चयन गरिएको हो ।  

संयोजकमा शाहीसहित नाै सदस्यीय जिल्ला समन्वय समिति गठन गरिएको छ । सदस्यहरूमा बलबहादुर खत्री, कमलराज गिरी, लक्ष्यबहादुर बुढा, कालीबहादुर रावत, धनलक्ष्मी देवकोटा, टीकालक्ष्मी न्यौपाने, रेवती रावल, बलबहादुर भण्डारी चयन भएका छन् ।  

सुपरजोन सञ्चालन समन्वय समितिका लागि चारै वटा पालिकामा किसानको भेलाले जिल्लामा पठाएका नाै जना प्रतिनिधिबाट एक जना संयोजक र अरू सदस्य किसान आफैँले चयन गरेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ जुम्लाका निमित्त वरिष्ठ कृषि विकास अधिकृत गंगा पोख्रेलले जानकारी दिनुभयो । प्रमुख पोख्रेलले नयाँ समितिलाई खादा र अबिरले स्वागत गर्नुका साथै बधाई दिनुभयाे ।

कोरोना सङ्क्रमणका कारण २५ जनाभन्दा कम व्यक्तिको उपस्थितिमा समन्वय समिति गठन गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया