जुम्लामा हिमपात : कर्णाली राजमार्गमा डोजरले हिउँ पन्छाउँदै (फोटो फिचर)

 माघ २१, २०७८ शुक्रबार १६:४१:४६ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लामा भारी हिउँ परेको छ । हिमपातले हिजाे बिहीवार रातिदेखि सडक, हवाई यातायात बन्द हुनुका साथै जनजीवन कष्टकर बनेकाे छ । 

मध्यरातिदेखि लागातार आएको हिमपातले कर्णाली राजमार्ग बन्द हुनुका साथै जुम्लाबाट हुने उडान बन्द भएका छन् । हिमपातले कर्णाली राजमार्गमा रहेका गाडीहरू थन्किएका छन् । कर्णाली राजमार्गको जुम्ला खण्डमा झन्डै एक फिटसम्म हिमपात भएपछि सडक बन्द भएकाे हाे । 

हिउँ पन्छाउँदै प्रशासन  

सडकमा हिउँले ढोकेपछि स्थानीय प्रशासनले डोजरले हिउँ पन्छाएर नाग्म– गमगढी सडक खण्डमा गाडी चलाउन सुरु गरेकाे छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईं, सुरक्षा निकायसहितको टोलीले कर्णाली राजमार्गको खलाचौर र ऐरेनीमा हिउँ पन्छाएकाे र बाँकी ठाउँमा हिउँ पन्छाउने काम भइरहेकाे प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेन्द्र चन्दले जानकारी दिनुभयो । 

यसैगरी नेपाली सेनाले चन्दननाथ मन्दिरमा परेको हिमपात पन्छाउन पनि डिभिजन सडक जुम्लाले डोजर पठाएको छ ।  

भारी हिमपातले बिहानैदेखि मानिसहरू घरभित्रै रहेका छन् भने पशुचौपाया पनि गोठभित्रै छन् । जुम्ला विमानस्थलमा भएकाे हिमपात भने अझै पन्छाउन सकिएको छैन । हिमपातपछि हिउँदे बाली सप्रिने भन्दै किसान भने खुसी भएका छन् । 

तस्बिर : नेत्र शाही, जुम्ला/उज्यालाे

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया