जुम्लामा हिउँले कठ्याङ्ग्रिएर दुई जनाको ज्यान गयो, दर्जनाैँ हिउँमा फसे

 माघ २३, २०७८ आइतबार १०:४१:१० | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लामा हिउँले कठ्याङ्ग्रिएर दुई जनाको ज्यान गएको छ । यस्तै दर्जनौ बढी मानिसहरु हिउँमा फसेका छन् ।

जिल्लाको तातोपानी गाउँपालिका वडा नम्बर ७ वारा गाउँका ४२ वर्षीय मुन रावत र तातोपानी ८ निवासी ३७ वर्षीया देवी शाहीको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको हो ।

रावतको गोठालो गएको बेला हिउँमा परेर ज्यान गएको र देवी शाहीको सेतो चिनी कोरेर फर्किने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । यसैगरी तातोपानी गाउँपालिका ८ मा लगभग ५५ जना मानिसहरु हिउँमा फसिरहेको गाउँपालिकाले जनाएको छ । काम गर्न गएका ५५ बढी मानिसहरु फसेका भन्ने खबर आएको तर कति मानिस हिउँमा फसे यकिन हुन नसकेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेको भनाइ छ ।

यस्तै त्यो क्षेत्रमा उद्धारको लागि खाद्यान्न बोकेर हेलेकोप्टर जाने तयारी भइरहेको छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईका अनुसार धेरै मानिस हिउँमा फसेको खबर प्राप्त भएपछि उद्धारको लागि हेलिकोप्टर पठाउने तयारी भइरहेको हाे । नन्दाबक्स गण जुम्लाका गणपति रविन थापाका अनुसार सुर्खेतबाट हेलिकोप्टर आउने र खाद्यन्न लिएर त्यस क्षेत्रतिर लाग्ने तयारी भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया