‘हिउँ खेल्न’ लाप्राक गएका दुई किशाेर ११ दिनपछि खाेँचमा मृत भेटिए

 फागुन १, २०७८ आइतबार १९:२४:१६ | किरण लोहनी
unn.prixa.net

गाेरखा – गएकाे ११ दिनदेखि हराइरहेका गोरखाको बारपाकका दुई किशोर मृत भेटिएका छन् । बारपाक सुलिकोट गाउँपालिका १ बारपाक गाउँका १६ वर्षका करण घले र १६ वर्षकै साइँला भनिने सञ्जय घले मृत भेटिएका हुन् ।

उनीहरू आज आइतवार बेलुका सुलिकोट वडा नम्बर १ को तिम्रा भन्ने ठाउँमा खोँचमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले बताउनुभयो । घटनास्थलको अवस्था हेर्दा उनीहरू हिउँ परेको समयमा डाँडाबाट लडेर खोँचमा पुगी ज्यान गएकाे हुन सक्ने अनुमान गरिएको उहाँको भनाइ छ । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका अधिकृतसहितको टोली घटनास्थलतर्फ गएको डीएसपी दाहालले बताउनुभयो ।

करण र सञ्जय गएको माघ २० गते बिहान १० बजेतिर हिउँ खेल्न भन्दै घरबाट लाप्राकतर्फ गएका थिए । करण र सञ्जय हिउँ खेल्न भनेर लाप्राकतिर गएको तर घरमा नआएको भन्दै उनीहरूका परिवारले माघ २३ गते प्रहरीलाई जानकारी गराएका थिए । 
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया