किसानकाे बगैँचामै गएर स्याउ व्यवस्थापन तालिम दिइँदै

 फागुन १४, २०७८ शनिबार १४:३:१ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लाका स्याउ किसानलाई स्याउ बगैँचा भित्रै बगैँचा व्यवस्थापन तालिम अभियान थालिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई कार्यालय सुपरजोन कार्यालय जुम्लाले कार्य क्षेत्रका विभिन्न स्थानमा किसानहरुलाई स्याउ बगैँचामै गएर तालिम दिइएको हो । 

सुपरजोन कार्यालय जुम्लाका निमित्त वरिष्ठ कृषि विकास अधिकृत गंगा पोख्रेलका अनुसार किसानलाई स्याउ बगैँचा व्यवस्थापन तथा काटछाट व्यावहारिक तालिम दिइएको छ । उहाँका अनुसार बगैँचामै गएर कार्यक्षेत्र चन्दननाथ, तातोपानी, गुठिचौर र पातारासीका १० स्थानमा तालिम सम्पन्न भएको र दुई तालिम केही दिनमै सकिने भएको छ । यसैगरी कालिकोटको रासकोट र तिलागुफा नगरपालिकामा ५ वटा तालिम सम्पन्न गरिएको छ । 

तालिममा २५ जनाका दरले तीन सय ७५ जना किसान यस वर्ष बगैँचा व्यवस्थापन तालिममा सहभागी हुनेछन् । यसैगरी कालिकोमा पनि पाँचवटा तालिम संचालन गरिएको छ । विभिन्न स्थानमा स्याउ रोपेका किसानको उपस्थितिमा व्यवहारिक तालिम दिइएको हो । स्याउ किसानलाई हरेक तालिममा बिरुवा लगाएदेखि काटछाट कसरी गर्ने, मल कति र कसरी हाल्ने, वोडो पेष्ट कसरी लगाउने लगायतका विभिन्न विषयमा जानकारी गरिएको छ । 

प्रशिक्षक रामबहादुर खत्रीका अनुसार किसानले स्याउ लगाएपछि बिरुवाको हेरचाह र व्यवस्थापनमा ध्यान नदिएपछि स्याउ नफल्ने भन्दै अहिले बगैँचामै व्यस्थापनको सीप सिकाइएको बताउनुभयो । उहाँले किसानलाई एउटा विरुवाले कसरी गुणस्तरी स्याउ तथा फल दिन्छ वा बिरुवा व्यस्थापनका चरणहरु समेत सिकाइएको छ । 

बगैँचामा भइरहेका तालिममा अनुगमनका क्रममा पुगेका जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख बुढाले किसानको आर्थिक जीवन स्तरमा बृद्धि गर्ने खालका तालिम अझै धेरै दिनुपर्ने बताउनुभयो ।

किसानले स्याउ सुपरजोन जुम्लामा लागु भएपछि व्यावसायिक किसानहरु खुशी हुँदै आएका छन् । तालिममा सहभागी चन्दननाथ नगरपालिका ३ का किसान बाटुली सार्कीले आफ्नो एकसय स्याउ बिरुवा भएको र काटछाट व्यवस्थापनमा तालिमले सीप सिकाएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । 
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया