एमसीसीकाे व्याख्यात्मक घाेषणा जनतामाथि भ्रम छर्ने काम : शंकर पाेखरेल

 फागुन १९, २०७८ बिहिबार १५:३८:५६ | सीताराम ओझा
unn.prixa.net

कैलाली – नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकी सहयाेग एमसीसीबारेकाे व्याख्यात्मक घोषणा जनतामाथि छरिएको भ्रम भएको बताउनुभएकाे छ । प्रेस चौतारी कैलालीले आज बिहीवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले कानुन र संविधानले मान्यतासमेत नदिएको विषयले जनतामाथि भ्रम मात्रै छरेकाे बताउनुभएकाे हाे । 

‘व्याख्यात्मक घोषणा सरकारको लाज जोगाउने प्रयास मात्रै हो । जे छ त्यही कुरा स्पष्ट पारिएको हो, संशोधन गरिएको होइन । कार्यकर्ताहरूलाई भ्रम सिर्जना  सृजना गरिएको छ’, उहाँले भन्नुभयाे, ‘हाम्रो संविधान र कानुनले त्याे व्याख्यालाई कानुनी हैसियत प्रदान गर्दैन ।’ कुनै पनि विषयमा संशोधन नहुने गरी हुबहु पारित गरिएको भन्दै पाेखरेलले व्याख्यात्मक घोषणाको कुनै अर्थ नरहेको बताउनुभयाे । 

यस्तै उहाँले सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोप लगाउनुभयाे । ‘सरकारको बिजनेस सभामुखले रोक्न मिल्दैन भन्ने हाम्रो अडान थियो, त्यो पूरा भएको छ’, पाेखरेलले भन्नुभयाे, ‘टेबल गर्नुपरे आत्महत्या गर्छु भन्नु भएको थियो, अहिले राजनीतिक पूर्वाग्रही भएको पुष्टि भएको छ ।’ 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया