अब पर्यटकले पनि नेपालमा 'क्यूआर काेड' बाट भुक्तानी गर्न सक्ने

 फागुन २७, २०७८ शुक्रबार १३:३४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भिसा नेटवर्कमा जोडिएका पर्यटकले अब नेपाल आउँदा 'क्यूआर कोड' बाट वित्तीय कारोबार गर्न पाउने भएका छन् । 

हिजाे बिहीवार काठमाण्डाैमा एक कार्यक्रम गरी फोनपेले ‘नयाँ क्यूआर स्ट्यान्ड’ सेवा घोषणा गरेको हो । फोनपे र भिसाको कारोबारलाई सहज बनाउनका लागि नबिल बैंकले सहकार्य गरेको छ । फोन पेले भिसासँगकाे सहकार्यमा भिसा नेटवर्कका पर्यटकले पनि नेपालमा 'क्यूआर' बाट भुक्तानी गर्न सक्ने गरी क्यूआर भुक्तानीलाई विदेशी पर्यटकको पहुँचमा पुर्‍याएकाे छ ।

फोनपेका सहायक प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भिसासँगको सहकार्यसँगै मोबाइल बैंकिङमा भिसा नेटवर्क इनेबल भएका विदेशी पर्यटकहरूले फोनपेको क्यूआर कोडमार्फत भुक्तानी सजिलै गर्न सक्ने बताउनुभयो । उहाँले विदेशबाट नेपाल घुम्न आउने भिसा कार्ड होल्डर पर्यटकहरूले अब फोनपेले बनाएको क्यूआरबाटै भुक्तानी गर्न सक्ने जनाउनुभयाे ।

सापकोटाले भिसा डिजिटल मार्केटमा ख्याति प्राप्त सुरक्षित ब्रान्ड भएकाले सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

क्यूआर कोडमा हुने कन्टेन्टमा भिसा नेटवर्कलाई इनेबल गरेपछि मात्रै चल्ने भएकाले अहिले भएका क्यूआर स्ट्यान्ड फेर्नुपर्ने अवस्था रहेको फोनपेले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया