रुकुम पश्चिममा एउटै विद्यालयका २० जना विद्यार्थी एक हप्तादेखि बिरामी

 चैत १, २०७८ मंगलबार १८:३६:४८ | राजु लामिछाने
unn.prixa.net

फाइल फाेटाे

रुकुम – रुकुम पश्चिमको एक विद्यालयका विद्यार्थीहरू गएको एक हप्तादेखि बिरामी रहेका छन् । त्रिवेणी गाउँपालिका ७ कुरलमा रहेको बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरू बिरामी परेका हुन् । 

विद्यार्थीहरूमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने जस्ता लक्षण देखिएको बिद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक झुपलाल ओलीले बिरामी परेपछि विद्यार्थीहरू विद्यालय आउन छोडेको बताउनुभयो । 

केही विद्यार्थीहरू सिम्रुतुमा रहेको मेडिकलमा उपचार गरेर घरमै रहेका र केही घरायसी उपचार गरेर बसेको उहाँले बताउनुभयो । उहाँका अनुसार २० जना विद्यार्थी एक हप्तादेखि बिरामी छन् । विद्यालयमा आउने गरेका विद्यार्थीहरू पनि ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने समस्याबाट ग्रसित रहेका प्रधानाध्यापक ओलीले जनाउनुभयो । 

बिरामी भएकै कारण अहिले विद्यालयमा पठनपाठन बन्द हुने अवस्था रहेको प्रधानाध्यापक ओलीको भनाइ छ । उपचार गराइरहेका विद्यार्थीहरूमा भाइरल ज्वरोको समस्या रहेको बताइएको छ । 

विद्यायलमा विद्यार्थीहरू बिरामी हुन थालेको खबर आज प्राप्त भएकाले भोलि विद्यालयमा स्वास्थ्यकर्मीको टोली पठाएर जाँच र उपचार सुरु गरिने वडाध्यक्ष वीरबहादुर खड्काले बताउनुभयो । 

शिशुदेखि पाँच कक्षासम्म सञ्चालित यस विद्यालयमा ५० जना विद्यार्थी रहेका विद्यालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया