जुम्लाको शनिगाउँमा स्वीकृत भएको १५ वर्षपछि प्रहरी चौकी स्थापना

 चैत ४, २०७८ शुक्रबार २०:२७:४७ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लाको शनिगाउँमा स्वीकृत भएको १५ वर्षपछि प्रहरी चौकी स्थापना भएको छ । सिञ्जा गाउँपालिका वडा नम्बर ५ र ६ लाई लक्षित गर्दै स्थापना गरिएको प्रहरी चौकीको आज शुक्रवार उद्घाटन गरिएको छ । 

२०६३ सालमै प्रहरी चौकी स्थापनाका लागि नेपाल सरकारबाट स्वीकृति प्राप्त भएको ठाउँमा यस पटक प्रहरी चौकी स्थापना गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेन्द्र चन्दले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले चाैकी स्थापना भएपछि शान्ति, सुरक्षाको थप प्रत्याभूति दिने र शनिगाउँ क्षेत्रको विकासमा समेत प्रहरीले सघाउने बताउनुभयो । 

प्रहरी नायब उपरीक्षक चन्दले अहिले शनिगाउँमा एक हवलदारसहित सात जना प्रहरीको टिम रहेकाे बताउनुभयाे । 

गाउँमा  प्रहरी चौकी उद्घाटन भएपछि स्थानीयवासीले बाजागाजासहित स्वागत गरेका छन् । गाउँबाट टाढा मात्रै प्रहरी चौकी हुँदा असुरक्षित महसुस गरेकोमा प्रहरी चौकी स्थापनासँगै सुरक्षित महसुस भएको स्थानीयवासीकाे भनाइ छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया