अस्पतालमा बिरामी मृत्यु प्रकरण : अत्तरियामा सडक सञ्चालनमा आयाे

 चैत १९, २०७८ शनिबार १५:३१:१९ | सीताराम ओझा
unn.prixa.net

कैलाली – कैलालीको अत्तरियामा रहेकाे पद्मा अस्पतालमा एक जना बिरामीको ज्यान गएपछि बन्द गरिएकाे सडक सञ्चालनमा आएको छ ।

अस्पतालमा उपचाररत गोदावरी नगरपालिका ३ का ३८ वर्षीय विनोदकुमार बोहराको ज्यान गएपछि अत्तरियामा सडक बन्द गरिएकाे थियो । केहीबेरअघि भने अवराेध हटेर गाडी सञ्चालनमा आएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

अहिले आक्रोशित आफन्त र अस्पतालबीच सहमतिको प्रयास भइरहेको बताइएको छ । डाक्टरको लापर्बाहीका कारण ज्यान गएकाे भन्दै आक्रोशित मृतकका आफन्तले आज बिहान अस्पतालमा ढुङ्गामुढा प्रहार गरेका थिए ।

ढुङ्गामुढा प्रहारबाट अस्पतालबाहिरका सिसा फुटेका छन् । आक्रोशित भिड तितरबितर गर्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया