उदयपुरमा ट्युशन पढ्न गएकी बालिका मृत भेटिइन्

 चैत २२, २०७८ मंगलबार १३:३९:५३ | सुमित्रा कोइराला
unn.prixa.net

साङ्केतिक तस्बिर

उदयपुर – उदयपुरको बेलका नगरपालिका ३ बुद्धचौक घर भएकी एक बालिका मृत भेटिएकी छिन् । आज मङ्गलवार बिहान झन्डै ४ बजेकाे समयमा घरबाट ट्युशन पढ्न निस्किएकी १५ वर्षीया बालिका कविता सुनवार मृत भेटिएकी प्रहरीले जनाएको छ ।

आज बिहान झन्डै ७ बजेतिर बालिकाको शव स्थानीयवासीले जशोधा खोलाकाे किनारमा देखेपछि इलाका प्रहरी कार्यालय रामपुरलाई जानकारी गराएका हुन् । शवको प्रकृति हेर्दा हत्या भएको देखिए पनि प्रहरीले यसको पुष्टि गरिसकेको छैन । 

जिल्ला प्रहरी कार्यालयका एसपी सुवासचन्द्र बोहोराले अनुसन्धानका क्रममा कर्तव्य गरी हत्या भएको जस्तो देखिए पनि अहिले नै यकिन गर्न नसकिने बताउनुभयो । उहाँका अनुसार अनुसन्धानका लागि केन्द्र र प्रदेश प्रहरीसँग समन्वय भइसकेकाले अनुसन्धानपछि मात्र घटना कसरी घट्यो भनेर यकिन हुने बताउनुभयो ।

कोशी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत बालिका माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाको तयारीका लागि ट्युशन पढ्न बिहानै जाने गरेको स्थानीयवासी सुमन सागर खतिवडाले बताउनुभयो । खतिवडाका अनुसार घटना विद्यालयदेखि झन्डै सात सय मिटर र घरबाट झन्डै दुई किलोमिटर पर घटेकाे हाे । 

घटनाको प्रमाण नष्ट हुन नदिन घटनास्थल क्षेत्रलाई घेरामा राखिएको छ । अनुसन्धानका लागि विशेषज्ञसहितको टोली झिकाइ सकेकोले चाँडै निष्कर्षमा पुग्ने एसपी बोहोराले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया