जुम्ला–रारा अल्ट्रा म्याराथुन सुरु

 चैत २६, २०७८ शनिबार ११:३८:२७ | नेत्र शाही
unn.prixa.net

जुम्ला - जुम्ला–रारा अल्ट्रा म्याराथुन दौड प्रतियोगिता सुरु भएको छ । ५९ किलोमिटरको म्याराथुन प्रतियोगिताको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्घाटन गर्नुभयो ।

जिरोबिन्दु चन्दननाथ मन्दिर तथा जिल्ला प्रशासन कार्यालय अगाडिबाट सुरु भएको दौड प्रतियोगितामा नेपाल र भारतका गरी झन्डै चार सय खेलाडी सहभागी छन् । कीर्तिमानी म्याराथुन धावक हरिबहादुर रोकायाको संयोजकत्वमा तेस्रो म्याराथुन दौड प्रतियोगिता गरिएको हो ।

आयोजक कर्णाली स्पोर्ट क्लबका अनुसार ५ किलोमिटर दौडका लागि एक सय ५६ खेलाडीले भाग लिएका छन् । जुम्लाको सदरमुकाम खलङ्गाबाट मुगुको रारा तालसम्मको यो प्रतियोगितामा प्रथम हुने खेलाडीलाई एक/एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया