रुकुममा नमुना माविमा नमुना मतदान

 बैशाख १९, २०७९ सोमबार १९:१६:५३ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिममा नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमद्वारा मुसिकोट नगरपालिका ५ मा रहेको यमुना नन्द नमुना माविमा नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको हो । 

यही वैशाख ३० गते हुने पालिका चुनावलाई लक्षित गरेर नमुना मतदान कार्यक्रम गरिएको जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार मतदाता शिक्षा कार्यक्रम पनि हुने र मत बदर हुन सक्ने सम्भावनालाई कम गर्न सन्देश प्रवाह गर्ने उद्देश्यले नमुना मतदान कार्यक्रम गरिएको हो । 

नमुना मतदान कार्यक्रममा त्यहीँका ८४ जनाले मतदान गरेका र ६ वटा मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

सुरक्षा व्यवस्था, कर्मचारी व्यवस्था, मतपत्र, मतपेटिका लगायतका सबै प्रक्रिया पूरा गरेर नमुना मतदान कार्यक्रम गरिएको हो । मतपेटिकामा चुनाव चिह्नहरू भने साङ्केतिक रूपमा राखिएको निर्वाचन अधिकारी मल्लले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया