रुकुम पश्चिमको त्रिवेणी १ मा स्वतन्त्र उम्मेदवारको प्यानल विजयी

 बैशाख ३१, २०७९ शनिबार १७:३६:११ | राजु लामिछाने
unn.prixa.net

रुकुम – रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार सुन्दर ओली विजयी हुनुभएकाे छ । कुल एक हजार १ सय १४ मत खसेकोमा नेकपा (माओवादी केन्द्र)का लक्ष्मण ओलीलाई १६० मतान्तरले पराजित गर्दै सुन्दर विजयी हनुभएकाे हाे ।

सुन्दर ओलीले ५७७ मत प्राप्त गर्दा लक्ष्मणले ४ सय १७ मत प्राप्त गर्नुभयाे । नेपाली कांग्रेसका मुस्कान ओलीकाे पक्षमा ४४ मत मात्र प्राप्त खसेकाे छ । वडा सदस्यमा स्वतन्त्र प्यानलबाटै कमला बोहरा, लालसरा कामी, खड्कबहादुर पुन र पूर्णबहादुर बुढा विजयी भएका छन् ।

निर्वाचित अध्यक्षसहित सबै सदस्य नेकपा माओवादी केन्द्र निकट हुन् । पहिले नेकपा माओवादी केन्द्र त्रिवेणीको वरिष्ठ उपाध्यक्ष रहनुभएका सुन्दरले टिकट नै नपाएपछि प्यानल बनाएर स्वतन्त्र उम्मेदवारी दिनुभएकाे थियाे । उहाँलाई पार्टीले ६ महिनाका लागि निलम्बन गरेको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया