सल्यान : विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा २ जनाको ज्यान गयो

 जेठ २, २०७९ सोमबार १३:१७:५६ | राजु लामिछाने
unn.prixa.net

सल्यान – सल्यानमा विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर दुई जनाको ज्यान गएको  छ । गाडीमा करेन्ट लाग्दा १५ जना घाइते भएका छन् ।

करेन्ट लागेर ज्यान गुमाउनेमा सल्यानकाे कुमाख गाउँपालिका ४ का गाेपाल बुढाथाेकी र लाेकेन्द्र राना रहेका छन् । 

सल्यानको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदै गरेकालाई करेन्ट लागेको हो । गाडीको छतमा झण्डा समाएर बस्नेतज्युलाबाट शान्तिबजार आउँदै गरेकाहरूलाई करेन्ट लागेको हो । बिजुलीको तारमा ठोक्किँदा करेन्ट लागेको प्रहरीले जनाएको छ ।  

प्रहरीका अनुसार छतमा बसेकाहरूलाई बिजुलीकाे तारले छुँदा करेन्ट लागेको हो । घाइतेहरूलाई रुकुम चौरजहारी अस्पताल लगिएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया