रुकुमकाे सानीभेरी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा माओवादी विजयी

 जेठ २, २०७९ सोमबार १३:४७:४७ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । सोमवार दिउँसो सम्पन्न भएको मतगणनाअनुसार अध्यक्षमा बिर्खबहादुर विष्ट र उपाध्यक्षमा कमला रोका पुन विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालय सानीभेरीले जनाएको छ । 

अध्यक्ष विष्टले ६ हजार १९ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोरखप्रसाद चन्दले ४ हजार ३ सय २० मत प्राप्त गर्नुभयो । नवनिर्वाचित अध्यक्ष विष्ट यसअघि सानीभेरी गाउँपालिका ३ को वडाध्यक्ष हुनुहुन्थ्यो । 

उपाध्यक्षमा निर्वाचित कमला रोकाले ५ हजार ९ सय ५८ मत प्राप्त गर्नुभएको छ । रोकाका प्रतिस्पर्धी नेकपा एमालेका प्रकाश खड्काले ३ हजार ४ सय ४२ मत प्राप्त गर्नुभयो । उपाध्यक्ष पदमा निर्वाचित रोका यसअघि सानीभेरी गाउँ कार्यपालिकाको सदस्य हुनुहुन्थ्यो ।  

सानीभेरी गाउँपालिकाका ११ वटा वडामध्ये ३ र ४ मा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् भने ९ वटा वडामा माओवादीका उम्मेदवारहरु निर्वाचित भएका छन् । सानीभेरीमा कांग्रेस र एमालेबीच चुनावी गठबन्धन रहेको थियो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया