रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा माओवादीको जित

 जेठ ३, २०७९ मंगलबार १६:४२:२६ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रले विजय हासिल गरेको छ । मंगलबार दिउँसो मतगणना सम्पन्न हुँदा अध्यक्षमा माओवादी केन्द्रका गणेशकुमार केसी र उपाध्यक्षमा राजकुमारी रेउले विजयी भएको निर्वाचन अधिकृतको कार्यालय त्रिवेणीले जनाएको छ । 

अध्यक्षमा केसीले पाँच हजार १२९ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अमरसिं खड्काले चार हजार २९३ मत प्राप्त गर्नुभएको छ । एमालेका चोपलाल खडकाले १५८, नेकपा एकीकृत समाजवादीका धनराज खड्काले ५५ र राप्रपाका डिल्ली बहादुर खड्काले ५ मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 

उपाध्यक्षमा निर्वाचित रेउलेले पाँच हजार १४३ मत ल्याउँदा उहाँका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सृष्टि बाँठा मगरले चार हजार ३१३ मत प्राप्त गर्नुभएको छ  । एमालेकी धनकला बिष्टले १५६ मत प्राप्त गर्नुभएको छ । 
१० वडा रहेको त्रिवेणी गाउँपालिकामा ५ वडामा माओवादी, ४ मा कांग्रेस र १ वडामा स्वतन्त्रका उम्मेदवार विजयी हुनुभएको छ ।
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया