रुकुम पूर्वको भूमे गाउँपालिकामा ३ हजार भन्दा धेरै मतान्तरका साथ माओवादी विजयी

 जेठ ३, २०७९ मंगलबार १९:३६:४६ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – रुकुम पूर्वको भूमे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् । फराकिलो मतान्तर सहित अध्यक्षमा होमप्रकाश श्रेष्ठ र उपाध्यक्षमा सविना बुढा निर्वाचित हुनुभएको हो । श्रेष्ठ तीन हजार ९७५ मत ल्याएर निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

श्रेष्ठका प्रतिद्वन्द्वी मंगोल नेशनल अर्गनाइजेशनका रतनबहादुर पुनको ५०३ मत आएको छ । श्रेष्ठ र बुढाको मतान्तर तीन हजार ४७२ रहेको छ । राष्ट्रिय जनमोर्चाका कमान पुनले ५६ मत ल्याउनुभएकोे । 

उपाध्यक्षमा निर्वाचित बुढाको पनि मतान्तर धेरै छ । बुढाले तीन हजार ९५१ ल्याउँदा एमाले कांग्रेस गठबन्धनका उम्मेदवार कमानसिङ डाँगीले एक हजार ३५५ मत ल्याउनुभएको छ । उपाध्यक्षको मतान्तर दुई हजार ५९६ रहेको छ ।

यस्तै ९ वडा रहेको भूमेमा ८ नम्बर वडा कांग्रेस र ४ नम्बर वडा एमालेले जितेको छ । अरु ७ वटा वडा माओवादी केन्द्रले जित हात पारेको सहायक निर्वाचन अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया