रुकुम पश्चिमकाे चौरजहारीकाे मेयरमा माओवादीका पुष्प र उपमेयरमा ईश्वरी विजयी

 जेठ ४, २०७९ बुधबार १२:५०:३२ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्रले विजयी हासिल गरेको छ । मेयरमा माओवादी केन्द्रका पुष्प वादी र र उपमेयरमा ईश्वरी शर्मा बी.एम.ले जित हासिल गर्नुभएको हो । 

निर्वाचन अधिकृतको कार्यालय चौरजहारीका अनुसार पुष्प वादीले ६ हजार ८८२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वि नेपाली कांग्रेसका प्रेम बहादुर ओलीले ६ हजार ३११ मत प्राप्त गर्नुभएको छ । यस्तै जनता समाजवादी पार्टीका प्रशाराम खत्रीले १७ र राप्रपाका उम्मेदवारले ८ मत ल्याउनुभएको छ । 

उपमेयर ईश्वरीले शर्मा बी.एम.ले सात हजार दुई मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेका टङ्कप्रसाद ओलीले पाँच हजार ७४४ मत र राप्रपाका उम्मेदवारले ७ मत प्राप्त गर्नुभएको छ ।  
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया