नाकाबन्दी जस्तै सिण्डिकेट : सडक छेउमा बस ! गाडीमा यात्रुको कोचाकोच

 बैशाख २१, २०७५ शुक्रबार २०:१२:१७ | विष्णु विश्वकर्मा
unn.prixa.net

काठमाडौं, वैशाख २१ – फाट्टफुट्ट चलेका गाडी । सार्वजनिक बस, माइक्रो भन्दा कार र मोटरसाइकलको लस्कर ।

झट्ट हेर्दा यातायात व्यवसायीले आह्वान गरेको शुक्रबारको बन्द एकदिनका लागि झण्डै तीन महिनासम्म व्यहोरेको नाकाबन्दी जस्तै थियो ।

चोकचोकमा सामान्य जाम भए पनि बस स्टेसनमा यात्रुको भीड लामै देखिन्थ्यो ।

घण्टौँदेखि बस कुरिरहेका यात्रु बन्दले दिक्क थिए । नाकाबन्दीमा सडकमा गाडी देख्न मुश्किल भए पनि शुक्रबारको बन्दमा गाडी सडक छेउमै पार्किङ गरी राखिएका थिए ।

सिण्डिकेटविरुद्ध कडा कदम चालेको सरकारलाई घुँडा टेकाउने अन्तिम अस्त्रका रुपमा बन्द आह्वान गरेका यातायात व्यवसायीलाई प्रहरीले पक्राउ गर्न थालिसकेको छ ।

सरकारले ‘सेवा देउ, पैसा कमाउ’ भने पनि ‘हामीले मनपरी ढंगले यात्रु लुट्न पाउनुपर्छ’ भन्ने यातायात व्यवसायीको मनसाय प्रष्ट छ । 

नाकाबन्दीमा स्कुटर, मोटरसाइकल र फाट्टफुट्ट चलेका कारमा लिफ्ट माग्ने यात्रु शुक्रबार भने साझा यातायात, मयुर, सिटी मेट्रो लगायतका गाडीमा कोचाकोच भरिएर यात्रा गरेका देखिन्थे । 

 

 

 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया