रुकुम पश्चिम : मुसिकोट नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा समाजवादी विजयी

 जेठ ६, २०७९ शुक्रबार ८:५:७ | राजु लामिछाने
unn.prixa.net

रुकुम - रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेन्द्र केसी र उपमेयरमा नेकपा (एकीकृत समाजवादी) का विमल कुमार पुन विजयी हुनुभएको छ । 

केसी ६ हजार ९ सय १४ मत प्राप्त गरेर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीका वसन्तकुमार शर्माले शर्माले ६ हजार ९ सय १ मत पाउनुभएको छ । १३ मतको फरकले केसीले मेयरमा विजय हासिल गर्नुभएको हो । 

उपमेयरमा विजयी नेकपा (एकीकृत समाजवादी)का विमलकुमार पुनले ६ हजार १ सय ४० मत प्राप्त गर्नुभएको छ ।

पुनले नेकपा एमालेका थलवीर ओलीलाई १ सय ५५ मतले पराजित गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी ओलीले ५ हजार ९ सय ८५ मत पाउनुभएको छ । 

मुसिकोटमा नेपाली कांग्रेस र एमालेले गठबन्धन गरेका थिए भने माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीले गठबन्धन गरेका थिए । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया