मुसिकाेटका मेयरकाे निर्णय : शव जलाउन दाउरा निःशुल्क

 जेठ ९, २०७९ सोमबार १५:४:२१ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका नवनिर्वाचित मेयर महेन्द्र केसीले आज सोमवार पदभार ग्रहण गर्नुभएको छ । नेपाली कांग्रेसबाट उम्मेदवार भइ निर्वाचित हुनुभएका मेयर केसीले पदभार ग्रहण गर्दै तीन वटा निर्णयमा हस्ताक्षर गर्नुभएको छ । 

अघिल्लो सरकारले मर्ज गरेर बन्द गरेका नगरका केही विद्यालय तत्कालै सुरु गर्ने गरी पहिलो निर्णयमा केसीले हस्ताक्षर गर्नुभएको छ । दोस्रो निर्णयमा निःशुल्क एम्बुलेन्स सेवा दिइने उल्लेख गरिएको छ । निर्णयअनुसार नगर क्षेत्रभित्रका गरिब तथा विपन्न समुदायका बिरामीलाई जिल्लाबाहिर रिफर गर्नुपर्ने अवस्था आएमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने छ । 

तेस्रो निर्णयमा दाहसंस्कारका लागि निःशुल्क नगरपालिकाले दाउरा उपलब्ध गराउने उल्लेख छ । नगरपालिका ३ मा रहेको मुग्लुखोलामा दाहसंस्कारका लागि आवश्यक दाउरा नगरपालिकाको कार्यालयबाटै व्यवस्था गर्ने निर्णयमा हस्ताक्षर गरेको मेयर केसीले बताउनुभयो । 

उहाँले नगरपालिकाको विकास र नगरवासीको समृद्धिका लागि आफू प्रतिबद्ध रहेको समेत उल्लेख गर्नुभयो । मेयर केसीले आफूले पक्ष, विपक्ष र राजनीतिक आस्थाको आधारमा काम नगर्ने बताउँदै कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभएको छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Subash kc

    May 23, 2022, 9:22 p.m.

    I am a student

  •  0 Reply

तपाईको प्रतिक्रिया