यार्सागुम्बाको सुरक्षामा खटिएका प्रहरी बिरामी भएपछि हेलिकप्टरबाट उद्धार

 जेठ १५, २०७९ आइतबार १४:११:२५ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – रुकुम पूर्वमा यार्सागुम्बाको सुरक्षाका लागि खटिएका एक प्रहरी बिरामी भएपछि हेलिकप्टरबाट उद्धार गरिएको छ । पुथा उत्तरगंगा गाउँपालिका १ मा रहेको इलाका प्रहरी कार्यालय मैकोटमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) कुष्णबहादुर खड्का बिरामी भएपछि शनिवार बेलुका हेलिकप्टरबाट उद्धार गरिएको हो ।  

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले यार्साको सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक खड्कालाई श्वासप्रश्वासमा समस्या भएको बताउनुभयो ।

खड्कालाई शनिवार हेलिकप्टरबाट सुर्खेत लगिएको हो । सुर्खेतबाट थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको र निमोनियाको समस्या देखिएको डीएसपी डाँगीले जानकारी दिनुभयो । 
उच्च हिमाली भागमा अक्सिजनको मात्रा कम हुने हुँदा लेक लाग्ने समस्या हुन्छ । मैकोट, पुपाल क्षेत्रमा जेठ ८ गतेदेखि बहुमूल्य जडीबुटी यार्सा सङ्कलन सुरु भएको स्थानीयवासीले जनाएका छन् । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया