पाेखराबाट जाेमसाेम उड्नुअघि उत्सवका बुबाले भन्नुभएकाे थियाे,-'शुभयात्रा बाबु'

 जेठ १६, २०७९ सोमबार १२:५०:१२ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिमको चौरजहारी नगरपालिका-३ लापुलेगाउँका उत्सव पोखरेल कोपाइलटको रुपमा रहेर उडाएको तारा एअरको विमान आइतवार पोखराबाट जोमसोमका लागि ९ बजेर ५५ मिनेटमा उड्यो । साथमा हुनुहुन्थ्याे, सिनियर पाइलट प्रभाकर घिमिरे।

उड्नुअघि जाजरकोटमा नलगाड नगरपालिकाको शिक्षा शाखाका कार्यरत बुबा मणिराम पोखरेलसँगको मोबाइल कुराकानीमा भन्नुभएकाे थियाे, ‘बुबा म अर्को उडानको तयारीमा छु, पोखराबाट जोमसोम ।’ बुबाले भन्नुभयो ‘शुभयात्रा बाबु ।’ जाजरकोट सदरमुकामबाट कार्यक्षेत्र नलगाड नगरपालिकाको दल्ली नपुग्दै खबर सुनियो, तारा एअरको विमान सम्पर्कविहीन भएको । 

त्यही विमान आज बिहान मुस्ताङको थासाङ गाउँपालिका-२ सानोसेरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । पूर्णरुपमा क्षतिग्रस्त विमानमा चालक दलका तीन सदस्य, चार भारतीय, दुई जर्मन र १३ जना नेपाली नागरिकसहित २२ जना रहेका थिए । 

उत्सव २५ वर्षीय हुनुहुन्थ्याे। ३० अप्रिल २०२१ देखि तारा एअरको जहाजमा उडान थालेका उत्सव जन्मस्थान चौरजहारीका एकमात्र र पहिलाे पाइलट हुनुहुन्थ्याे । फिलिपिन्सको रोयल फ्लाइ एकेडेमीबाट ग्राजुएट गरेर एक वर्षअघि मात्रै नेपाल आउनु भएका उत्सव परिवारका कान्छा छोरा हुनुहुन्थ्याे । 

भाइ पाइलट बनेपछि उहाँका दाजु उमेश पोखरेल पनि पाइलट बन्ने सपनामा फिलिपिन्समा पढिरहनु भएकाे छ । उत्सवका दुई दाजुभाइ मात्र हुनुहुन्छ । उत्सवका बुबा मणिराम जाजरकोट र आमा उषा दाङमा शिक्षण पेसामा आबद्ध हुनुहुन्छ । उत्सव रुकुमका उदाहरणीय युवामा गनिनुहुन्थ्याे । 

फिलिपिन्सबाट अध्ययन सक्काएर नेपाल आएलगत्तै तारा एअरमा काम गर्न थाल्नुभएका उहाँ काम गरेको एक वर्ष एक महिना पुग्दा दुर्घटनामा पर्नुभयाे । उहाँसहित विमानमा रहेका २२ जनाले मुस्ताङको मानापाथी हिमालको फेदीमा ज्यान गुमाएका छन् । यो दुर्घटनाको दु:खद खबरले सिङ्गो देशसँगै उत्सवको गृह जिल्लावासीले ठूलो पीडाको अनुभूति गरिरहेकाे छ। 

अहिले घटनास्थलमा स्थानीय सामाजिक अभियान्ता इन्द्रसिंह शेरचनसहितको टोली पुगेको बताइएको छ । शेरचनले कोही पनि जीवित नरहेको प्रतिक्रिया दिनुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया