रुकुम पश्चिम : कार्यालय सहयाेगी स्थानीय हुनुपर्ने भन्दै वडा कार्यालयमा तालाबन्दी

 असार ५, २०७९ आइतबार १२:४५:४७ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - कार्यालय सहयोगी स्थानीयलाई राख्नुपर्ने मागसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको ११ नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।

स्थानीय युवाहरुले आइतवार एक विज्ञप्ति टाँसेर कार्यालयमा तालाबन्दी गरेको वडा सदस्य केशव ओलीले बताउनुभयो । 

स्थानीय ज्ञानेन्द्र राना, वीरबहादुर केसी, निर्मल शाह, कमला केसी र प्रेम खड्काले एक विज्ञप्ति टाँसेर कार्यालयमा चार वटा ताला लगाएको वडा सदस्य ओलीले जानकारी दिनुभयो ।  

विज्ञप्तिमा वडाको कार्यालयको सहयोगी स्थानीयलाई नै राख्नुपर्ने माग राखिएको छ । चुनावमा स्थानीय युवाहरुलाई जागिरको प्रलोभन देखाएको तर कर्मचारी राख्ने बेला अन्य वडाबाट सरुवा गराएर ल्याएको भन्दै तालाबन्दी गरेको ज्ञानेन्द्र रानाले बताउनुभयो ।

उहाँका अनुसार कार्यालयले आफू खुशी कर्मचारी भर्ना नगरेर खुल्ला प्रतिस्पर्धाबाट राख्न माग गरिएको छ । यस अघि वडा नम्बर १३ मा कार्यरत प्रशान्त सार्कीलाई ११ नम्बरमा ल्याएपछि विरोध गरिएको हो । उहाँ वडा नम्बर १४ निवासी हुनुहुन्छ । 

कार्यालय बन्द हुँदा सबै जनप्रतिनिधि र सेवाग्राहीहरु बाहिरै रहेको वडा सदस्य ओलीले बताउनुभयो । स्थानीय प्रशासनसँग सबै पक्ष बसेर छलफल गरिने बताइएको छ । 
 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया